सामाजिक बिग्रहमा परेका कालीगढ लाभान्वित

शुक्रबार, १९ माघ २०७४, १३ : २५

काठमाडौँ । गरिबी निवारण कोषले द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाअन्तर्गत करिब सात हजार ५०० कालीगढको उत्पादनलाई प्रवद्र्धन गरेको छ ।

कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत उनीहरुका विभिन्न उत्पादनलाई बजारीकरण गरेको जनाएको छ । हरेक समूहमा २० देखि २५ कालीगढ छन् र उनीहरुले आ–आफ्नो क्षेत्रमा उद्यम गरेका छन् ।

ती कालीगढलाई सहयोग गर्न कोषले १० वटा साझा केन्द्र समेत सञ्चालन गरेको छ । जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खामा सञ्चालित उक्त परियोजनामा समेटिएका कालीगढले आफ्नो आय वृद्धि गर्ने, जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर उपलब्ध गराइएको कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिनुभयो ।

हस्तकला, सिलाइबुनाइलगायत क्षेत्रमा सञ्चालित उक्त परियोजनाबाट महिला, अपांगता भएका र द्वन्द्व एवं सामाजिक बिग्रहको चपेटामा परेकालगायत कालीगढ लाभान्वित भएको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस