पर्यटनमन्त्री भट्टराईको पूरा भयो बाचा, ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट

बुधबार, ०१ असोज २०७६, १६ : ०८
पर्यटनमन्त्री भट्टराईको पूरा भयो बाचा, ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट

काठमाडौं । नेपाल एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै एयरलाइन्सले जेष्ठ नागरिकलाई छुट दिनुपर्ने भन्दै ‘लबिङ’ गरेपछि नेपाल एयरलाइन्सले ७० वर्षमाथिका नागरिकलाई उक्त भाडा छुट दिने भएको हो । तर यसमा निजी एयरलाइन्सहरुले भने असहमति जनाएका छन् ।

७० वर्ष पूरा भएको प्रमाणित हुने प्रमाणपत्रसहित आएमा टिकटमा ५० प्रतिशत छुट दिइने नेपाल एयरलाइन्सका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस