खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

मंगलबार, ३१ भदौ २०७६, १२ : ४८
खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

चितवन । सोमबार रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले  भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा  आएको बाढीले सडक अवरुद्ध बनाएको हो । त्यसैगरी माडी नगरपालिका–८ को खरकट्टा र रिउ खोला पनि बढेका छन् । सडकमा पर्ने अधिकांश खोलामा पानीको बहाव बढेकाले भरतपुर र माडी–ठोरी यातायात बन्द भएको  छ ।

माडीमा रहेको खहरे खोलामा पनि बाढी आएकाले  आज   बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस