प्रचण्ड र स्वराजबीच ५० मिनेट ‘वान टु वान’ वार्ता, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

शुक्रबार, १९ माघ २०७४, ११ : २४
प्रचण्ड र स्वराजबीच ५० मिनेट ‘वान टु वान’ वार्ता,  यस्तो आयो प्रचण्डको प्रतिक्रिया

नेपालको राजनीतिक भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
एक्लै होटल सोल्टीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालसँग स्वराजको ५० मिनेट कुराकानी भएको थियो ।

भेटवार्ताबारे पत्रकारहरुलाई जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘नेपालको चुनावपछिको परिस्थितिको कुरामा र सरकार गठनको तयारीको बारेमा सकारात्मक र रचनात्मक कुराहरु भए । उहाँले अब कसरी जाला भन्नेबारेमा केही जिज्ञासाहरु राख्नुभयो ।’
भेटमा छिमेकीसँगको सहयोग र सम्बन्ध राम्रो बनाएर आफूहरुले स्थायीत्व र विकास चाहेको धारणा राखेको पनि प्रचण्डले बताए ।  जवाफमा स्वराजले नेपालको स्थायित्व र विकासमा भारतको सम्पूर्ण सहयोग रहने बताएकी थिइन् । स्वराजले वामगठबन्धले जितेकोमा बधाइ समेत दिएकी थिइन् ।

नेपालको दुईदिने भ्रमणमा आएकी स्वराजले यसअघि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान वार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस