प्रदेश सभाको पहिलो बैठक

प्रदेश नं. ३ को पहिलो बैठक : सभामुख चयनको मिति घोषणा गर्दै सम्पन्न

विहीबार, १८ माघ २०७४, २० : १७
प्रदेश नं. ३ को पहिलो बैठक : सभामुख चयनको मिति घोषणा गर्दै सम्पन्न

हेटौडा । प्रदेश सभाको निर्वाचनपछि बनेको प्रदेश सभाको पहिलो बैठक हेटौंडामा बिहीबार सम्पन्न भएको छ । तीन नम्बर प्रदेशको बैठक सभामुख चयनको मिति घोषणा गर्दै सम्पन्न भएको हो । बैठकले माघ २७ गते प्रदेश सभाको सभामुखको निर्वाचनको मिति तय गरेको छ । जेष्ठ सदस्यताको रुपमा बैठकको अध्यक्षता गरेका बिधायक डोरमणी पौडेलले निर्वाचनको मिति निर्णयार्थ प्रस्ताव गरेका थिए । सभामा उपस्थित एक सय १० बिद्यायकले उक्त प्रस्तावलाई समर्थन गर्दै पास गरेका थिए ।

बैठकमा पौडेलले सभामुख र उपसभामुखको अनुपस्थिती रहेको खण्डमा बैठक सञ्चालनका गर्न रामेश्वर फुयाल, घनश्याम दहाल, गिता वाग्ले र शोभा शाक्यलाई मनोनयन गर्नुभएको छ । पौडेलद्धारा प्रस्तावित चार जनाकै नामलाई सभाले तालि बजाएर समर्थन गरेको थियो ।

क्षेत्रिय शिक्षा निर्देशनलायलाई तयार गरी प्रदेश सभा सचिवालयको रुपमा तयार गरिएको थियो । प्रदेश सभाको निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्यले पनि यसै सचिवालयमा सपथ ग्रहण गरेका थिए । ब्यवस्थापिका संसदको झल्को दिने स्वरुप दिएको बैठक हल बिद्यायकले खचाखच भरिएको थियो । दिउसो १ बजे सुरु भएको बैठक करिब डेढ घण्टा चलेको थियो ।

यसअघि बैठकको सुरुवातमा अध्यक्ष पौडेलले प्रदेश प्रमुख अनुराधा कोईरालाको पत्र सभामा पढेर सुनाएका थिए । प्रदेश प्रमुखको पत्रपछि अध्यक्ष पौडेलले सभामा सहभागी सबै दलका एक जना प्रतिनिधिलाई आफ्नो भनाई राख्न दिएका थिए । पहिलो पार्टीको रुपमा रहेको नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो भनाई राख्दै सातै वटा प्रदेशमध्ये तीन नम्बर प्रदेशले बैठकको सुरुवात गर्नु आफैमा एतिहासिक रहेको बताइन् । संघिय गणत्रान्तिक लोकतन्त्रपछि संरचनामा आएको प्रदेश सभाको सुरुवाती क्रममा रहेकाले यसलाई ब्यवस्थित तरिकाले अघि बढाउन सबैलाई जिम्मेवार बनाएको उनको भनाई थियो ।

बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्तब्य राख्दै बिद्यायक शालिकराम जमकटेलले लामो समयको संघर्षले अन्तत मुर्त रुप पाएको बताए । नेपाल नया शासन ब्यवस्थामा अघि बढ्न थालेको भन्दै जमकटेलले यसलाई अवसर र चुनौती दुबै रुपमाले अघि बढाउनुपर्ने बताए । नेपाली कांग्रेसका तर्फबाट ईन्द्र बानिया, विवेकशिल साझा पार्टीका तर्फबाट रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ र नयाशक्तिबाट प्रेमबहादुर तामाङले आफ्नो दलिय धारणा राखेका थिए ।

बैठकमा बोल्ने सबै दलका प्रतिनिधिले केन्द्र र स्थानिय तहको सेतुको रुपमा रहेको प्रदेश सभामा जिम्मेवारीसंगै चुनौती रहेकाले देशको समग्र बिकासका निम्ति तीन नम्बर प्रदेशले अहम भूमिका खेल्नुपर्ने बताएका थिए । बैठक स्थलमा पास उलपब्ध गराएर क्षेत्रिय प्रशासकसहित बिशिष्ट ब्यक्ति र सञ्चारकर्मीलाई बैठक हलको पछाडी राखिएको थियो । बैठक २७ गते तीन बजे पुन बस्ने गरी स्थागित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस