‘फलोअप’ का लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, ०९ : ३०
‘फलोअप’ का लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा

काठमाडौं । सिंगापुरमा प्लाज्मा फेरेसिस उपचार गरेर फर्किएका प्रधानमन्त्री केपी ओली फलोअप उपचारका लागि शिक्षण अस्पताल पुगेका छन् ।

स्वास्थ्य जाँचका लागि आज बिहान प्रधानमन्त्री ओली टिचिङ अस्पताल पुगेका हुन् ।

ओली बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् । अहिले प्रधानमन्त्रीको त्यहा फलोअप उपचार भईरहेको अस्पताल स्रोतले बतायो ।

५ भदौंमा सिंगापुरमा गएका ओली त्यसपछि १५ दिनपछि २० भदौंमा स्वदेश फर्किएका थिए । ओलीलाई चिकित्सकहरुले नियमति काममा फर्कन भने पनि ब्यस्त नरहन भने सुझाव दिदै आएका छन् ।

१२ वर्ष अगाडी ओलीको दिल्लीको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

सिंगापुरमा रहदा समेत ओलीलाई दिल्लीवाटै औषधी पठाएर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस