३ नम्बर प्रदेशको संसद बैठकको निर्णय : सभामुख चयनका लागी माघ २७ गते निर्वाचन

विहीबार, १८ माघ २०७४, १४ : २२
३ नम्बर प्रदेशको संसद बैठकको निर्णय : सभामुख चयनका लागी  माघ २७ गते निर्वाचन

तस्बिर : रासस

काठमाडौं ।  प्रदेश ३ को सभामुख निर्वाचन माघ २७ गते हुने भएको छ । हेटौँडामा बसेको संघीय संसदको पहिलो बैठकले माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैठकले माघ २७ गते सोमबार दिउसो ३ बजे सभामुख चयनको मिति तोकेको छ । यस्तै  संसद नियमावली नबन्नुजेलका लागि व्यवस्था गरिएको अन्तरिम प्रदेश सभा कार्यविधी पनि पारित गरेको छ । पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य डोरमणी पौडेलले निर्वाचनको मिति तोक्दै सो का लागि तयारी गर्न निर्देशन समेत दिएका छन् ।

पहिलो बैठकमा विभिन्न दलका प्रतिनिधी सांसदहरुले मन्तब्य राखेका छन् । प्रदेशसभाको बैठकको सुरुमा अधिवेशन आहृवान गरिएको प्रदेश प्रमुखको पत्र पढेर सुनाइएको थियो ।

त्यसपछि प्रदेशसभामा उपस्थित दलका एक एक जना नेताले बोले । ठूलो दल एमालेका साथै माओवादी सहितका दलका नेताहरुले सहमतिका साथ अघि बढ्नु पर्ने बताए । कांग्रेसका इन्द्र बानियाले भने हेटौंडाबाट राजधानी नहटाउन चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस