पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन

विहीबार, १८ माघ २०७४, १३ : ५८

रसुवा । बुधबार बिहानदेखि अवरुद्ध रसुवाको पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन भएको छ । जिल्ला ट्राफिक प्रहरी रसुवाका अनुसार एउटा १० चक्के मालबाहक ट्रक बिग्रिएर ग्राङ्भिरमा अवरुद्ध भएको सडक काठमाडौँबाट मिस्त्री झिकाई मर्मत गराएर सडक खुल्ला गराइएको हो ।

बीचबाटोमा ट्रक बिग्रिएर रोकिएका २०० भन्दा बढी ट्रक, कन्टेनर, जिप तथा यात्रुबाहक बस आफ्नो गन्तव्यतर्फ गइसकेको बताइएको छ ।

सडक बन्द छ भनी हल्लाको पछि नलागी निर्वाध रुपले आफ्नो गन्तव्यमा जान सम्बन्धित सवारीधनीलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस