हेटौंडा । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक बस्नुअघि सभामुखको भूमिकामा रहेका ज्येष्ठ सांसद डोरमणि पौडेलले विहीबार बिहान हेटौडामा सर्वदलीय बैठक बोलाएका छन् ।
प्रदेश ३ को संसदमा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी, नेमकिपा, राप्रपा, नयाँशक्ति, विवेकशील साझा, राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेताहरुलाई संसद बैठकको गृहकार्यका क्रममा सर्वदलीय बैठकमा बोलाइएको हो ।
दिउँसो १ बजे बस्ने भनिएको बैठकका लागि कुर्सी र कार्पेटको व्यवस्था भइरहेको छ । सभामुखको आसन अगाडि दायाँतिर सबैभन्दा ठूलो दल एमालेका ५८ सांसदहरुका लागि कुर्सीको प्रवन्ध गरिएको छ । अन्य दलहरुलाई पनि बेग्लाबेग्लै कुर्सीको प्रबन्ध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस