संबिधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा ग्रहण गर्न मेयर शाक्यको आग्रह

शुक्रबार, १३ भदौ २०७६, १८ : ०६
संबिधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा ग्रहण गर्न मेयर शाक्यको आग्रह

काठमाडौं । यस बर्षको संबिधान दिवसका दिनलाई राष्ट्रिय दिवसका रुपमा ग्रहण गर्न महानगरबासीलाई आग्रह गर्दै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले दिवस मनाउन महानगरले सहजीकरण गर्ने बताउनुभएको छ । 
शुक्रबार महानगरको सभा कक्षमा आयोजना गरिएको मञ्च सजावट तथा व्यवस्थापन उपसमितिको बैठकमा बोल्दै मेयर शाक्यले भन्नुभयो — मुल समारोह आउनेका जनसाधारका लागि महानगरले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवा उपलब्ध गराउने छ । 

२०७६ सालको संबिधान दिवस मनाउन प्रधानमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने महानगरका प्रमुख शाक्यको संयोकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति गठन भएको छ । आज मेयर शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले, कार्यक्रम स्थललाई व्यवस्थापन गर्न आवश्यक पर्ने फलाम आदिको पाईप राखेर ध्वजा पतकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने, प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रम स्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित ¥यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई ४×३ फिटका एक÷एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने निर्णय भएको छ । 

बैठकले, असोज ३ गतेका दिन रत्नपार्क र वालाजु वाइसधारामा घुम्न चाहनेहरुको लागि निःशुल्क प्रवेशको व्यबस्था मिलाउने, शिक्षा बिभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभक्तिका बिषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने निर्णय भएको छ । बैठकले हरेक महानगरबासीलाई आफ्नो घरमा ४×३ फिटको राष्ट्रिय झण्डा फहराउन आग्रह गरेको छ । 

त्यस दिन महानगरले, आफ्नोतर्फबाट हनुमान ढोका दरबार संरक्षण कार्यक्रममार्फत २५० जना को सांस्कृतिक झाँकी निकाल्नेछ भने अन्य नगरबाट परम्परागत सांस्कृतिक, जातीय पहिचान सहितको झाँकी, विभिन्न पेशागत समूहहरुको प्रदर्शनका लागि समन्वय गर्नेछ । मञ्चको विशिष्ट कक्ष लगायतका स्थानमा पिउने पानीको व्यवस्था गर्ने, कार्यक्रम अवधिभर दमकल, एम्वुलेन्स लगायतका आवश्यक सेवा तैनाथ गर्ने, मञ्चमा प्रयोग हुने साउन्ड सिस्टमको व्यवस्थापन महानगरले गर्नेछ ।

वैठकमा संविधान दिवसका अवसरमा गरिने कार्यक्रमअन्तर्गत झिलीमिली नगर, वृक्षारोपण, सरसफाइ, सजावट, पुष्प वृष्टि, बिकासे झाँकी तथा सांस्कृतिक झाँकी प्रदर्शन, कार्यक्रममा अन्य नगरलाई सहभागी गराउने, राष्ट्रिय झण्डा दुरुपयोग हुन सक्ने अवस्थाप्रति सावधानीलगायत बिषयमा छलफल गरिएको थियो ।

बैठकमा उठेका सवालमा जवाफ दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस दिवसमा जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताको उल्लेख्य उपस्थिति हुनु पर्ने धारणा राख्नुभयो । त्यस क्रममा गृह मन्त्रालयका उपसचिव (कार्यालय व्यवस्थापन शाखा) बिष्णु पौडेलले सिंहदरबारभित्र रहेका कर्मचारीहरु राष्ट्रिय झण्डा बोकेर सिंहदरबारबाट ¥यालीसहित टुँडिखेल आउने योजना रहेको बताउनुभयो ।

दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ । 

त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउनेछ । यस पटकको संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिक स्तरमा पु¥याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवर्धन गरिने भएको छ ।

दिवसको अवसरमा सबै मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नागरिकहरुलाई पनि आव्हान गरिनेछ । उपसमितिको बैठकमा महानगरीय प्रहरी आयुक्त शैलेश थापा, जङ्गी अड्डा, कार्यरथी बिभागका सेनानी पवन थापा, महानगरका प्रवक्ता ईश्वरमान डंगोल, कार्यपालिका सदस्य तथा बिभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।
 

प्रतिक्रिया दिनुहोस