देशब्यापि सघन प्रशिक्षण चलाउदै राप्रपा

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, ११ : २२
देशब्यापि सघन प्रशिक्षण चलाउदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सघन रुपमा देशब्यापी प्रशिक्षण संचालन शुरु गरेको छ । गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रिय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रिय प्रशिक्षकहरु अहिले जिल्ला स्तरीय प्रशिक्षणको निमित्त जिल्ला जिल्लामा खटिएका छन् । भाद्र महिना भित्र सबै सतहत्तर जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार मोरङ्ग, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भईसकेको छ भने यो हप्ता भित्र गोर्खा , लमजुङ , झापा, बैतडी ,पाँचथर,इलाम, सुनसरीको प्रशिक्षण तय गरिएको छ । प्रशिक्षण बिभागका प्रमुख एबं पार्टी प्रबक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजतिनीक अवस्था , संगठन निर्माण  बर्ष २०७६ को कार्य योजना ,संगठन निर्माण र नेतृत्व बिकास, सैधान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान , केन्द्रिय महाधिवेशनको तयारी, सुचना प्रबिधिका बिषयमा प्रशिक्षण दिईनेछ ।

भाद्र महिना भित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पाठकका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली कंचनपुरको प्रशिक्षणको पनि मिति तय भैइसकेको छ । असोज महिनामा  स्थानीय तहहरुमा प्रशिक्षण संचालन गरिने छ । पार्टी अध्यक्ष कमल थापा अर्को हप्ता पार्टी कार्यक्रमको निमित्त नवलपरासी , रुपन्देही , कपिलवस्तु र मकवानपुरको भ्रमणमा जानुहुने राप्रपा केन्द्रिय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस