जुवा खेल्ने ११ जना भरतपुरमा पक्राउ, ३१ थान कौडा र नगद बरामद

सफल खबर संवाददाता

बुधबार, १५ साउन २०७६, १२ : ०८
जुवा खेल्ने ११ जना भरतपुरमा पक्राउ, ३१ थान कौडा र नगद बरामद

चितवन । जुवा खेल्ने ११ जनालाई चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको छ । उनिहरुलाई भरतपुर महानगरपालिका वडा न १५ मंगलपुरमा जुवा खेलिरहेको अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनिहरुको साथबाट ३१ थान कौडा, नगद २ लाख ९३ हजार ३५० रुपैँया र २ थान मोबाइल समेत  बरामद गरिएको प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ३ का ४६ वर्षीय शैलेन्द्र श्रेष्ठ, वडा न २० का ३६ वर्षीय राजु थापा, ४३ वर्षीय गोविन्द श्रेष्ठ, वडा न ४ का ३० वर्षीय रवि कुमार गुप्ता, वडा न १० का ४३ वर्षीय पदम लामा, वडा न १८ का ४० वर्षीय शालिकराम रेग्मी, वडा न १५ का ४० वार्षीय बिर बहादुर लामा रहेका छन । 

यस्तै राप्ती नगरपालिका वडा न ४ का ६७ वर्षीय कृष्ण प्रसाद तिमिल्सीना, वडा न ५ का २५ वर्षीय मन्दिप धरेल, रत्ननगर नगरपालिका वडा न १३ का ४० वर्षीय कुमार गुरुङ, नवलपरासी गैडाकोट नगरपालिका वडा न १ का ४८ वर्षीय मनिलाल गौतम रहेको प्रहरीले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस