सर्वसाधारणलाई भ्रमित पारिएको भन्दै नेपाल चिकित्सक संघद्धारा विज्ञप्ति जारी

सोमबार, १५ माघ २०७४, १६ : २९
सर्वसाधारणलाई भ्रमित पारिएको भन्दै नेपाल चिकित्सक संघद्धारा विज्ञप्ति जारी

काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो समयमा स्वास्थ्य सेवाका नाममा सर्वसाधारणलाई भ्रमित पार्ने काम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले पछिल्लो समयमा अनाधिकृत रुपमा नियम कानून विपरित दर्ता भएका संघ, संस्था र योग्यता नपुगेका व्यक्तिहरुको अस्वभाविक प्रचार प्रसारले जनताको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै ध्यानकर्षण भएको जनाएको हो ।

संघका महासचिव लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छः ऐन कानून र नियमसंगत रुपर्मा निरन्तर गुणस्तीय स्वास्थ्य सेवामा समर्पित हुँदै आएको स्वास्थ्यसंस्था, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि समेत आँच आउन सक्ने भएको हुनाले यस्ता प्रकारका गतिविधिहरुमाथि प्रचलित ऐन कानून बमोजिम अविलम्ब कारवाही गरी जनतामा उत्पन्न हुन सक्ने नकारात्मक असरप्रति विशेष ध्यान दिन यस सघ सम्बन्धित सरोकारवाला निकायसमक्ष जोडदार माग गर्दछ ।’
साथै संघले योग्यता तथा प्रक्रिया पुरा गरेका संघ संस्था, स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि संस्था दर्ता, नवीकरण वा आबद्धताका सम्बन्धमा सरल रुपमा सहजीकरण गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस