न्युयोर्कमा मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता तय

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, १२ : ५७
न्युयोर्कमा मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता तय

file Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको छ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

यसअघि मोदीसँग ओलीको भेट अनिश्चित् भएको बताईएको थियो । तर, परराष्ट्र मन्त्रालयका अधिकारीले भने दुई प्रधानमन्त्रीबीच भेटवार्ताको लागि प्रयास भने जारी राखेका थिए ।

भारतीय पक्षले मोदीको कार्यव्यस्तता देखाउँदै तत्काल भेटवार्ता असम्भव भन्ने जवाफ दिएको थियो । तर, दुवै देशका अधिकारीको अथक प्रयासको कारण दुई प्रधानमन्त्रीबीच भोलि (आइतबार) भेटवार्ता तय भएको हो । 

प्रतिक्रिया दिनुहोस