चर्चित बहस कार्यक्रम साझा सवाल बन्द

सोमबार, १५ माघ २०७४, १६ : ०९
चर्चित बहस कार्यक्रम साझा सवाल बन्द

काठमाडौं । बीबीसी मिडिया एक्सनले उत्पादन गर्ने चर्चित  बहस कार्यक्रम साझा सवाल बन्द भएको  छ ।

विगत दश वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रमलाई रोकिएको विविसी साझा सवालले जनाएको छ । एक  टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र यु ट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको कार्यक्रम दर्शक श्रोताहरुले मन पराएको कार्यक्रम थियो ।

दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको अन्तर्वाताबाट शुरु गरिएको साझा सवाल ५२९ अंक पुगेर रोकिएको हो । कार्यक्रम बन्द गरिनुको कुनै कारण खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस