केपी ओलीले व्यवसायीलाई भने, वामपन्थी सरकार बनेको दिन दीपावली मनाउनुस्

सोमबार, १५ माघ २०७४, १३ : ३०
केपी ओलीले व्यवसायीलाई भने, वामपन्थी सरकार बनेको दिन दीपावली मनाउनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीहरुलाई नयाँ सरकार बनेको दिन दीपावली मनाउन सुझाव दिएका छन् ।

सोमबार पार्टी कार्यालयमा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई बधाइ दिने क्रममा अध्यक्ष ओलीले बामपन्थी सरकार बनेलगत्तै मुलुकमा सम्बृद्धिको ढोका खुल्ने र लगानीकर्ताहरु उत्साहित हुने बताए ।

‘बामपन्थी सरकार बनेपछि यो दशेमा लगानी कर्ताले कुनै चिन्ता लिनुपर्दैन, देशमा सम्बृद्धिको ढोका खुल्छ, शेयरबजार उछालमा आउनेछ’ ओलीले भने । बामपन्थीहरु गैरजिम्मेवार हुन नसक्ने भन्दै ओलीले बर्तमान सरकार अलोकतान्त्रिक आचरणहिन भएपनि अव  बन्ने सरकार त्यस्तो हुनै नसक्ने दावी गरे । उनले जाने बेलामा पनि यो सरकारले संविधान र कानुनविपरित अर्थतन्त्र डामाडोल पारेको आरोप लगाए ।
‘अवको सरकार त्यस्तो हुदैन, अव बन्ने सकरारले तीन खम्बे नीति अनुसार काम गर्छ ।’

एमाले अध्यक्ष ओलीले शेयर बजार नियतवस गिरावट ल्याएर वामपन्थीलाई पत्याएन भन्ने पारिएको भन्दै भावावेशमा आएर काम नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस