मस्र्याङ्दी नदीले बगाएर बेपत्ता

रासस

आइतबार, २९ असार २०७६, २१ : ४०
मस्र्याङ्दी नदीले बगाएर बेपत्ता

फाईल फोटो

काठमाडौँ । माछा मार्ने क्रममा मस्र्याङ्दी नदीले बगाउँदा तनहुँमा आज एक जना बेपत्ता भएका छन् । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी नदीमा माछा मार्ने क्रममा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्णबहादुर कँडेल नदीले बगाएर बेपत्ता भएका हुन् ।

नदीले बगाएर बेपत्ता भएका कँडेलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । केही दिनदेखि लगातार परेको वर्षासँगै बढेको मस्र्याङ्दी नदीले कँडेललाई बगाएको थियो । 

प्रतिक्रिया दिनुहोस