प्रचण्डद्वारा मञ्चमै हस्ताक्षर गरेर स्थानीयका माग सम्बाेधन

सोमबार, २७ कार्तिक २०७४, १९ : ०७
प्रचण्डद्वारा मञ्चमै हस्ताक्षर गरेर स्थानीयका माग सम्बाेधन

भरतपुर। साेमबारकाे चुनावी अभियानमा फरक दृश्य देखियाे। माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड भरतपुर-२३ काे चुनावी अभियानमा थिए। नयाँ बस्तीका जनताले उनकाे भव्य स्वागत गरे। लाइनमा बसेका स्थानीयकाे स्वागतपछि प्रचण्ड मञ्चतिर लम्किए।

उद्घाेषकले कार्यक्रम सुरु गरे। त्यसपछि नयाँ बस्तीका एक युवाले खेलकूद, विद्यालय, सडक लगायतका विकासका माग राखेर प्रचण्डलाई ज्ञापनपत्र बुझाए। ज्ञापन पत्र बुझेर प्रचण्डले मञ्चमै ज्ञापन पत्रमा हस्ताक्षर गरे। सभामा तालीकाे फाेहरा फुट्याे।

ज्ञापनपत्रमा हस्ताक्षरपछि स्थानीयलाई सम्बाेधन गर्दै प्रचण्डले भने, "म तपाईहरुलाई अाश्वासन दिन अाएकाे हाेइन, चितवनकाे मुहार फेर्न र देशकाे समृद्धिकाे नेतृत्व गर्न अाएकाे हुँ। तपाईहरुका माग सार्वजनिक रुपमै हस्ताक्षर गरेकाे छु, नयाँ सरकार बन्नेबित्तिकै पहिला तपाईहरुकाे काम गर्छु, याे मेराे बाचा हाे।"
कार्यक्रममा राप्रपाका १७५ युवाले प्रचण्डकाे हातबाट टीका लगाए। ज्ञापन पत्र पेश गर्ने युवाले भने, "जनताकै अघि माग सम्बाेधनकाे लिखित प्रतिवद्दता गर्नुहाेला भन्ने साेचेका थिएनाैं,  हामी खुसीले गदगद छौं।"

प्रतिक्रिया दिनुहोस