मतदाता फकाउदै नरायणकाजीले भने , "चुनाबपछी पार्टी एकता भइ छाड्छ ।"

सोमबार, २७ कार्तिक २०७४, १८ : ३८
मतदाता फकाउदै नरायणकाजीले भने , "चुनाबपछी पार्टी एकता भइ छाड्छ ।"


नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले चुनाव पछि नेकपा एमाले सङ्ग पार्टी एकता हुने बताउनुभएको छ ।

गोरखा जिल्ला क्षेत्र नम्बर -२ अन्तर्गतको पालुङटार -१० मिर्कोट बाघडाडाको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले चुनाव नजिक आएको कारण तत्काल पार्टी एकता हुन नसकेको प्रष्ट पार्नुभयो ।
पार्टी एकताको लागि सबै तयारी पूरा भइसकेको छ श्रेष्ठले भन्नुभयो : एमाले र माओवादी मात्रै होइन अब सबै कम्युनिष्टहरु पार्टी एक हुनेछन ।

मंसिर -९ गते पार्टी एकता हुने चर्चा भइरहेको बेला श्रेष्ठले चुनाव लगत्तै पार्टी एकता हुने अभिव्यक्ति दिनुभयो ।

पार्टी एकताको लागि केही प्राविधिक कुरा मात्रै बाकी रहेको बताउदै श्रेष्ठले सबै कुरा मिलिसकेको बताउनुभयो ।
बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले देशमा स्थायी सरकार, विकास र समृद्धिका लागि सम्पूर्ण कम्युनिष्टहरु एक भएको बताउनुभयो ।

कम्युनिष्टहरुको नेतृत्वमा हुने विकास नयाँ खालको विकास हुने श्रेष्ठको भनाइ थियोे । संविधानलाई कार्यान्वयन गर्दै विकसित र सम्बृद्द नेपाल बनाउने अभियानमा जुट्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी सभामा गोरखा जिल्ला क्षेत्र नम्बर २ को १ का प्रदेश सभाका उम्मेदवार कमला नहर्की ले गोरखा जिल्लाको इतिहास कायम राख्न बाम गठबन्धनलाई बिजयी गराउन अपिल गर्नुभयो ।

सभामा नेकपा माओवादी केन्द्रका नेता मैद बहादुर वाइबा, गोरखा जिल्ला इन्चार्ज चुडामणि खड्का, पुर्व स्थानीय बिकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे लगायतका ले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चुनावी सभा अघि प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठ र प्रदेश सभा उम्मेदवार नहर्की ले जोगिडिही, कटेरी र मिर्कोटमा घरदैलो तथा भेटघाट गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु रन्जित परियार र बेलिमाया गोर्खाली ले सास्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

काग्रेस परित्याग गरि दुई जना माओवादी केन्द्र प्रवेश

पालुङटार -१० मिर्कोट बाघडाडाका दुई जना काग्रेस स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
बाघडाडाका काग्रेस नेताहरु जस बहादुर तामाङ र राम बहादुर भारती आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गर्नुभएको थियो ।
पुराना काग्रेस नेता जसबहादुर तामाङ उम्मेदवार श्रेष्ठको घरदैलो को क्रममा माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस