बामगठवन्धनले मंशिर ५ मा भरतपुरमा बिशाल आमशभा गर्ने , एक लाख भन्दा बढी जनता उतार्ने दावी

सोमबार, २७ कार्तिक २०७४, १६ : ०२
बामगठवन्धनले मंशिर ५ मा भरतपुरमा बिशाल आमशभा गर्ने , एक लाख भन्दा बढी जनता उतार्ने दावी

 

 चितवन /  आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठवन्धनले आगामी मंशिर ५ गते भरतपुरमा विशाल आम शभा गर्ने भएको छ । भरतपुरको केन्द्रिय बसटर्मिनल परिसरमा हुने आमभामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी बरिष्ठ नेता रामवहादुर थापा वादल,एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायत शीर्षस्थ नेताहरुले संवोधन गर्ने नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

आमसभामा जिल्लाभरका एक लाख भन्दा वढी जनता उतार्ने तयारी रहेको गठवन्धनका नेताहरुले दावी गरेका छन् । सोही कार्यक्रमको तयारी स्वरुप एमाले जिल्ला कार्यालय भरतपुरमा मंगलवार आयोजित अगुवा कार्यकर्ताको संयुक्त वैठकलाई संवोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंशिर ५ को चितवनको सभा ऐतिहासिक हुने दावी गर्नुभयो ।
“यो आमसभा अरुवेलाको जस्तो हैन, यसले बिशेष महत्व वोकेको छ । हाम्रो साझा घोषणा र वामगठन्धनको देशब्यापी विजयको संदेश दिने कार्यक्रम पनि हुनेछ ।”–प्रचण्डले भन्नुभयो । जनताको बिशाल उपस्थितिले बिरोधीहरुको मनोवल गिराउने मात्र नभई मुलुकको समृद्धिको लागी हुने बाम एकतालाई अनुमोदित गर्ने प्रचण्डले बताउनुभयो ।

आफु र एमाले अध्यक्ष ओलीमाथी बिभिन्न तत्वहरुको खनिएर लागेको आशंका गर्दै अध्यक्ष प्रचण्डले जनता र राष्ट्रको हीतमा हुन लागको वाम एकतालाई कसैको तागतले पनि रोक्न नसक्ने दावी गर्नुभयो । आगामी निर्वाचन पछि वुर्जुवा प्रजतान्त्रको युग सकिने र समाजवादी युगमा मुलुक प्रवेश गर्ने उहांले बताउनुभयो । अगुवा नेता कार्यकर्तालाई निर्देशन दिर्दै प्रचण्डले भन्नुभयो– “म र केपीजी देशब्यापी दौडाहामा निस्कदैछौं, तपाईहरु जनतालाई मुलुकको समृद्धिका लागी हामीले चालेको यो ऐतिहासिक योजनावारे बुझाउन दिनरात नभनी खट्नुहोला । ”

 नेपाली काँँग्रेस र राप्रपा भित्र रहेका केही ईमान्दार मान्छेहरुले पनि बामगठबन्धनलाई अन्तरहृदयदेखि स्वागत र स्विकार गरेको प्रचण्डको भनाई थियो । कार्यक्रममा एकाले स्थायि कमिटि सदस्य सुरेन्द्र पाण्डेले चितवनमा ९ वटै सिट मा यसपटक वामगठवन्धनका उमेदवारहरुले जीत हासिल गर्ने दावी गर्नुभयो ।  मंशिर ५ को आमसभामा भरतपुरमा एकलाख भन्दा वढी जनता उत्रने पाण्डेको भनाई थियो ।

भरतपुरमा हुने आमसभाले देशभर जनतामा थप उर्जा पैदा गर्ने उहाँले बताउनुभयो ।
सो कार्यक्रममा बामगठवन्धनको चुनावी परिचालनवारे क्षेत्र नम्वर १ को जेएन थपलिया, २ को केशवलाल श्रेष्ठ र ३ को सुर्य सुवेदीले समिक्षात्मक अवस्थावारे जानकारी गराएका थिए । सो क्रममा उनीहरुले तीनै क्षेत्रमा वामगठवन्धनको पक्षमा दिनानुदिन जनमत बढ्दै गएको जनाए ।
बामगठवन्धन संयुक्त परिचालन समिति चितवनका अध्यक्ष अमिक शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र माओवादी केन्द्रका जिल्ला तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस