भरतपुर अस्पतालमा फेरि मेसु परिवर्तन

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, १७ : २५
भरतपुर अस्पतालमा फेरि मेसु परिवर्तन

चितवन । भरतपुर अस्पतालमा फेरि मेडिकल सुपरिटेण्डन्ट परिवर्तन भएको छ । भरतपुर अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी चयन भएका हुन् ।

११ औं तहको समायोजनमा तिवारी परेपछि मन्त्रालयले उनलाई मेसु बनाएर पठाएको भरतपुर अस्पतालले जनाएको छ । यसअघि नियुक्ति भएका डा विश्वबन्धु बगाले र १० औं तहका हुन् । डा बगालेले जेठ १ गतेमात्र मेसु भएका थिए । एक वर्षको अवधिमा भरतपुर अस्पतालमा चार जना मेसु परिवर्तन भएका छन् । 

प्रतिक्रिया दिनुहोस