भरतपुरमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, १३ : १४
भरतपुरमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका–३, लायन्स चोकमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकको परिचय खुलेको छैन ।

अन्दाजी ३५ वर्षिय पुरुष लायन्स चोकस्थित पुरानो सब्जी मण्डिको दुई तले भवनको माथिल्लो तलामा कपडाको डोरिमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन । 
शनिबार बिहान नौँ बजेको समयमा खबर आए पछि प्रहरिले तत्काल घटनास्थलमा मुचुल्का उठाइ अहिले शव भरतपुर अस्पतालको शवगृहमा लगिएको छ । मृतक ती व्यक्तिको शरिरमा कुनै चोटपटक नदेखिएको प्रहरिले जनाएको छ । 
स्थानियले मृतकलाई यसअघि कहि कतै नदेखिएको बताएका छन । घटना के कसरी भएको भन्ने बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस