जाडोमा पनि चुनावले तात्यो कर्णाली

सोमबार, २७ कार्तिक २०७४, १२ : ४६
जाडोमा पनि चुनावले तात्यो कर्णाली

डोल्पा  । आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा चुनावी गतिविधि बढ्दै गएको छ ।
आ–आफ्नो पक्षमा मत माग्दै दलहरुले ठाउँ–ठाँउमा कोणसभा,आमसभा,¥याली,लगाएतका कार्यक्रमहरु गरिरहेका छन् ।
कर्णालीका जिल्लाहरुमा कार्तिक महिना लागेसँगै दिन प्रतिदिन चिसो बढ्दै जाँदा स्थानीयकोे दैनिकी कष्टकर बन्दै गईरहेको छ । तर, हिँउदको कठ्याङग्रिदो चिसोको समेत प्रवाह नगरी सयाँै कार्यकर्ता सहित उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत माग्न घरदैलो गरिरहेका छन् ।
कर्णालीका डोल्पा,हुम्ला,मुगु,जुम्लाका उच्च भु–भागहरुमा कार्तिक पहिलो साता भित्रै हिमपात भईसकेकाले दिन प्रतिदिन जाडो बढेको त्रिपुरा सुन्दरी नगरपालिका १० का स्थानीयबासी लोकेश खत्रीले बताए ।
जाडोयाम सुरुसँगै कर्णालीको जनजिवन कष्टकर बन्दै गएपनि उम्मेद्वारहरुलाई भने चुनावी गतिविधिले तताएकोे उनको भनाई छ । आसन्न निर्वाचनमा नेताहरुको तीब्र प्रतिसपर्धाले गर्दा अत्याधिक जाडोको समेत प्रवाह नगरि उम्मेद्वारहरु उपल्लो डोल्पाका धो,तिन्जे,भिजेर,छार्का लगाएतका बस्तीहरुमा घरदैलो गरिरहेको खत्रीको भनाई छ ।
निर्वाचनमा आ–आफ्नो जित सुनिश्चित गर्दै उम्मेद्वाहरु चुनावी मैदानमा उत्रिएका हुन् ।
आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर १० मै तोकीएकाले उक्त समयमा कर्णालीमा भारी हिमपातहुने भएकाले निर्वाचनमा समस्याहुन सक्ने सम्भावना रहेको काईके गाउँपालिकाका स्थानीय ओम रोकामगरले बताए ।
यो निर्वाचनमा जुनसुकै पार्टीको भएपनि केन्द्रसम्म लिंक भएको,संक्षम,परिबर्तनकारी सोच भएको उम्मेद्वारले जित्नु पर्ने रोकामगरको भनाई छ ।

डोल्पाको विकासकोलागि काङ्ग्रेस,एमाले,माओवादीका उम्मेद्वारहरुले बिकासको ठोस खाका नकोरी उही पुरानै एजेण्डा दोहो¥याएको त्रिपुरा सुन्दरी नगरपालिकाका १ का स्थानीय दुर्गा प्रसाद देबकोटाले बताए । डोल्पामा प्रतिनिधि सभामा गठबन्धनबाट धन बहादुर बुढा,काङ्ग्रेसबाट अंगत बुढा,त्यस्तै प्रदेश निर्वान क्षेत्र क बाट गठबन्धनका एमालेका नन्द सिहं बुढा,काङ्ग्रेसका बेगम सिहं ठकुरी उम्मेद्वार बनेका छन् ।

डोल्पामा सर्वाधिक चासोको बिषय बनेको प्रतिनिधि सभामा काङ्ग्रेसका उम्मेद्वार अंगत बुढा भन्दा गठबन्धनका एमालेका उम्मेद्वार धन बहादुर बुढाको चर्चा धेरै छ । त्यस्तै प्रदेश सभा क्षेत्र नं क बाट पनि काङ्ग्रेस भन्दा एमालेकै धेरै चर्चा रहेको छ ।
त्यस्तै प्रदेश क्षेत्र नं ख बामगठबन्धनबाट माओबादीका बिर बहादुर शाही,काङग्रेसबाट सुरेश शाही उम्मेद्वार बनेका छन् ।

यस क्षेत्रमा भने गठबन्धनका उम्मेद्वार बिरबहादुर शाही भन्दा काङ्ग्रेसका उम्मेद्वार शाहीको धेरै चर्चा छ ।

प्रतिक्रिया दिनुहोस