सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड

शुक्रबार, ०६ असार २०७६, १५ : ४२
सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड

काठमाडौं । शुक्रबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य १ हजार रुपैयाँ प्रतितोलाले बढेर ६५ हजार रुपैयाँ प्रतितोला कायम भएको हो ।

सुनचाँदी व्यवसायीका अनुसार यसअघि बिहीबार १ हजार रुपैयाँ प्रतितोला बढ्दै सुनको नयाँ रेकर्ड कायम भएको थियो । सुनको मूल्य शुक्रबार पनि बढेको हो ।

छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४० रुपैयाँ कामय भएको छ । व्यवसायीले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु तथा सरकारले सुनको आयातमा भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस