सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १४ : ३९
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।