काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नयाँ शक्तिको रूपमा उदाएको आफ्नो पार्टीलाई पनि अरुजस्तै हुन् भन्ने हो भन्ने भाष्य पार्न खोजेको बताएका छन् ।
माइतीघरमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा अरु पार्टीभन्दा फरक भएको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी संसदमा आएपछि उनीहरूको निद्रा हराएको छ । हामीले सदनमा सशक्त आवाज उठाएका छौं । अब ०८४ सम्म सदन र सडक हाम्रो हो । सरकार भ्रष्टहरूको, यो अभियानलाई साथ दिनुहोला ।’
उनले पार्टी सरकार हुँदा अरुले भन्दा राम्रो काम गरेको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणा बेचना झा पक्राउ गरेपछि सरकार ढालेको दाबी गरे । उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको जिकिर गरे ।
सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ कार्तिक २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले समितिको अवमूल्यन गर्यो : सांसद ढकाल