चितवनका सवै जसो उम्मेद्धवार यतिबेला मतदाता भेटघाट, तथा प्रचारप्रसार कार्यलय उद्घाटनमा व्यस्त रहेका छन ।
प्रायस सवै पार्टिका उम्मेद्धवार, नेता तथा कार्यकता विहान उठेदेखि दिनभर मतदातासँगै बस्छन, भलाकुसारी गर्छन, मतदाता रिझाउने काम सकेको गर्छन अनि रात परेपछि बल्ल वासस्थानतर्फ लाग्छन । यसैक्रममा क्षेत्र नम्बर २ को (क) प्रदेशसभा सदस्यका लागी बाम गठबन्धनका उम्मेद्धवार घनस्याम दाहाल (अविनास) को पनि दिनचर्या यसैगरी वितिरहेको छ ।
आईतवार कालिका नगरपालीकाका तथा ईच्छाकामना गाउपालीकाका विभिन्न वडामा सम्पर्क कार्यलय स्थापना गरेको छ । अहिलेसम्म चुनाव क्षेत्रको सवै वडामा बाम गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यलय स्थापना गरीसकिएको भन्दै अविनासले अब कालिका ३ बाट घरदैलो अभियानमा व्यस्त रहने बताउनुभयो । कार्यलय उद्घाटन तथा भेटघाट कार्यक्रममा उम्मेद्वार अविनासले विकास र समृद्धिका लागी आफुलाई बाम गठबन्धनलाई जिताउन मतदातासँग आग्रह गर्नुभएको छ । पहाडी क्षेत्र पनि समेटिएको यस क्षेत्रमा बन जंगल लगायत स्थानिय प्राकृतिक स्रोत साधनको अत्यधिक प्रयोग गरी विकास गर्न सकिन्छ अविनासले भन्नुभयो भौगोलीक रुपमा केहि जटिल्ताहरु छन तर यस क्षेत्रको छुट्टै महत्व रहेको छ । उहाँले आफुलाई विजयी गराउन आग्रह गर्दै भन्नुभयो अविनासलाई मतदान गरेकोमा केहि समयभित्रै गर्व गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
बाम गठबन्धनका उम्मेद्धवार अविनासले आफुलाई विजयी हुनबाट अब कसैले पनि रोक्न नसक्ने भन्दै चितवन क्षेत्र न २ को क मा आप्mनो प्रतिस्पर्धी नै नरहेको दावी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस