उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

विहीबार, ११ माघ २०७४, १३ : ४०
उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

सोल । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ ।  बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् ।  आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले उक्त खेलमा संयुक्त प्रतिश्पर्धा गर्ने भएका हुन् ।

त्यसैले सो खेलमा दक्षिण र उत्तर कोरियाका महिला खेलाडीले संयुक्त रुपमा अभ्यास गर्ने भएका समाचारमा जनाइएको छ ।  दुई कोरियाबीच यस्तो सहभागीता करिब तीन दशक यता पहिलोपटक भएको जनाइएको छ । यसका साथै लामो समयपछि यसरी उत्तर कोरियाली महिला अधिकारी पहिलोपटक दक्षिण कोरिया प्रवेश गरेको पनि सो समाचारमा जनाइएको छ ।

अर्को महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदम दुई कोरियाबीच यस्तो सहभागिता  सुरु हुन थालेको छ ।  उत्तर कोरियाबाट आएका आइस हक्की खेल समूहका ती महिलालाई दक्षिण कोरियाको जिन्चेओनमा रहेको राष्ट्रिय आइस हक्की तालिम केन्द्रमा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

शीतकालीन ओलम्पिक खेलकूदले उत्तर कोरियाको आणविक सशस्त्र महत्वाकांक्षाको कारण उत्पन्न दुई कोरियाबीचको विगत लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ ।  आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउन सुरु गरिसकेको पनि अर्को एक समाचारमा जनाइएको छ ।

यसअघि पनि उत्तर कोरियाली सरकारी अधिकारीसहितको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगिसकेको थियो ।  अर्को महिना दक्षिण कोरियामा आयोजना हुन गईरहेको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न पनि उत्तरका अधिकारीहरु त्यहाँ गएका छन् ।

चार बर्षयता पहिलो पटक उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको यो नै पहिलो पटक भएको सोलबाट अधिकारीहरुले जानकारी दिएका छन् ।  यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएको समाचार यसअघि नै आएको थियो ।  जसले गर्दा आगामी दिनमा पनि यी दुई कोरियाबीचको सम्बन्धमा अहिलेको तुलनामा थप सुधार हुने विश्लेषकहरुको अनुमान छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस