अण्डा उत्पादक संघः २० महिना अगावै कार्यसमिति भंग, साधारणसभाबाटै नँया समिति गठन

सफल खबर संवाददाता

शुक्रबार, २४ जेठ २०७६, २० : १२
अण्डा उत्पादक संघः २० महिना अगावै कार्यसमिति भंग, साधारणसभाबाटै नँया समिति गठन

चितवन । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय भेलाले सिवराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा भएको १५ औँ वार्षीक साधारण सभामा संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कंडेलले राजीनामा दिदै कार्यसमिति भंग गरेपछि नयाँ कार्यसमिति गठन भएको हो । 
असन्तुष्ट अण्डा उत्पादक किसानले अध्यक्ष कंडेलविरुद्ध हस्ताक्षर संकलन गरी अविश्वासको प्रस्ताव पेस गरेपछि कंडेले राजिनामा दिएका हुन । अध्यक्षको कार्यसैलीप्रति अधिकांस किसान असन्तुष्ट रहेकाले अविश्वासको प्रस्ताव दर्ता गरीएको किसान गोविन्द सर्माले बताए । 
कंडेल नेतृत्वको कार्यकाल निर्वाचित भएको १६ महिना मात्रै भएको थियो । ३ वर्षे कार्यकाल सकिन २० महिना बाँकीछदै कंडेलले पदबाट राजिनामा दिदै कार्यकाल भंग भएको घोषणा गरेका हुन । 
सर्माले अण्डाको मुल्य अस्वभाविक रुपमा बढ्दा पनि अध्यक्षले पहल नगरेको तथा विचौलीयाहरुसँग कमिसन खाएर किसानलाई मारमा पारेको लगायतका किसानको आरोप रहेको बताए । 
अहिलेका लागी निवर्तमान अध्यक्ष केसी अध्यक्ष र कोषाध्यक्षमा नेत्र हमालसहित १२ सदस्यीय समिति बनेको किसान गोविन्द सर्माले जनाकारी दिए । उनका अनुसार केहि दिनमै बैठक बसी पदाधिकारी तथा बाँकी सदस्य थपी २१ सदस्यीय पु¥याईने छ । 
साधारणसभामा देशभरका करिव ६ सय बढी अण्डा उत्पादक किसान सहभागि रहेको संघले जनाएको छ । लागत मुल्य भन्दा कम मुल्यमा अण्डा विक्रि गर्नुपरेको भन्दै किसानहरुले पटक पटक आन्दोलन गर्दैआएका थिए । किसानहरुले आप्mनो तिब्र असन्तुष्टि साधारणसभामा अध्यक्षविरुद्ध अविस्वासको प्रस्तावका पेस गरेर पोखेका छन । 

प्रतिक्रिया दिनुहोस