रसुवामा टाटासुमो दुर्घटना

रासस

सोमबार, २० जेठ २०७६, २१ : २३
रसुवामा टाटासुमो दुर्घटना

रसुवा । मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा टाटासुमो दुर्घटना भएको छ । 

पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो आज साँझ दुर्घटना भएको हो । 

जिल्ला प्रहरी प्रवक्ता ईश्वरी भण्डारीका अनुसार मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको कालिका र गोसाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा टाटासुमो दुर्घटना भई  करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।    

जिपमा चालकसहित ११ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीले दुर्घटनाग्रस्त टाटासुमोको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस