टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने

शनिबार, १८ जेठ २०७६, ०८ : १३
टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने

बैतडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने  भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई  मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । 
माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले चालू आर्थिक वर्षको साउनदेखि  मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “टुहुरा बालबालिले आमा बुबाको अभाव  महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसिमको समस्या नहोस् भनेर भत्ता दिन लागेका हौँ ।” 
उपाध्यक्ष कार्कीले जोड दिर्नुभयो, “भत्ताले गरीबी निवारण र अशिक्षा कारण २० वर्ष नपुग्दै गरिने बिहे पनि अन्त्य हुने अपेक्षा गरेका छौँ ।” –रासस

प्रतिक्रिया दिनुहोस