कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन, युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १७ : १६
कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन, युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने

काठमाडौं । सरकारले कृषिमा ३४ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषिमाका उक्त बजेट छुट्याइएको जानकारी दिए । कबुलियत र सामूहिक खेतिमा प्रोत्साहन गर्न ५० करोड विनियोजन गरिएको छ ।

बजेटमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहित गरिने जनाइएको छ । सबै प्रदेशमा नमूना अर्ग्यानिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गरिने घोषणा गरिने छ ।  

 

प्रतिक्रिया दिनुहोस