काठमाडौं । १९ वर्षमुनिको युथ एसिया कप क्रिकेटमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको प्रेरणामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको हो।
मलेसियाको वायुमास ओभल मैदानमा भएक खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १९ रनले पराजित भयो। भारत ४८।१ ओभरमा १ सय ६६ रन बनाउँदा अलआउट भयो। भारतलाई सस्तैमा समेट्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिए। त्यस्तै पवन सर्राफ र सहाब आलमले २र२ विकेट लिए भने सन्दीप लामिछाने र कमलसिंह ऐरीले १र१ विकेट लिए।
भारतका लागि कप्तान हिमांशु रानाले ४६, मञ्जुत कालराले ३५, अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो। नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ८८, जितेन्द्र सिंहले ३६, भीम सार्कीले १५ रन जोडे। त्यस्तै सन्दीप लामिछाने ९, किशोर महतो ७, अनिलकुमार साह र रोहितकुमार पौडेलले ६र६, कमलसिंह ऐरीले ५, आसिफ सेखले ३ र पवन सर्राफले १ रन जोडे। बलिङतर्फ भारतका आदित्य थाकरेले ४, शिव सिंह र अभिषेक शर्माले २र२ विकेट लिए।
प्रतिक्रिया दिनुहोस