१८ हजार नागरिकता प्रमाणपत्र वितरण

रासस

शुक्रबार, १० जेठ २०७६, १९ : १८
१८ हजार नागरिकता प्रमाणपत्र वितरण

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष शुरु भएदेखि यही  जेठको पहिलो सातासम्म १८ हजार २६५ नागरिकता प्रमाणपत्र वितरण गरेको छ । जिप्रकाका अनुसार नयाँ नागरिकता बनाउनेको सङ्ख्या पाँच हजार ९६८ तथा प्रतिलिपि नागरिकता बनाउने १२ हजार २ सय ९७ छन् ।  प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले गत वर्षको तथ्याङ्क विवरणअनुसार  नयाँ नागरिकताको सङ्ख्या सात हजार ३५५ छ ।  कार्यालयका अनुसार चालु आर्थिक वर्षको विवरणमा राहदानी र विभिन्न विषयका दस्तुरमा रु  दुई करोड ३९ लाख ७८ हजार ६१९ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस