लोथरदेखि सौराहसम्म नौ अर्बमा स्थायी तटबन्ध निर्माण गरिंदै

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, १८ : २५
लोथरदेखि सौराहसम्म नौ अर्बमा स्थायी तटबन्ध निर्माण गरिंदै

चितवन । पूर्वि चितवनको राप्ती नदीमा नौ अर्बमा स्थायी तटबन्ध निर्माण गरिने भएको छ । राप्ती नगरपालिकाद्धारा आयोजित रास्ट्रपति रनिङ शिल्ड कपको शुक्रबार उद्घाटन गर्दै सांसद सुरेन्द्र पाण्डेले सो जानकारी गराएका हुन । पाण्डेले राप्ती नगरपालिकाको लोथरदेखि सौराहासम्म आरसीसी उच्चस्तरीय तटबन्ध निर्माणको प्रकृया सुरु भईसकेको बताएका छन । 
युरोपेली युनियनको लगभग ८० मिलियन अर्थात् नौ अरब सहयोगमा सो तटबन्ध निर्माण हुन लागेको बताउँदै पाण्डेले यस क्षेत्र चाँडै बाढीमुक्त हुने बताए । राप्ती नगरपालिकामा राप्तीको बाढी मुक्त हुने र विकासको बाढी आउने दावी गरे । 
यस्तै भण्डारा मलेखु मार्गको निर्माणपछि यसक्षेत्रको विकासले फड्को मार्ने उनको दावी छ । पुर्वअर्थमन्त्री समेत रहेका पाण्डेले आगामी बजेटको योजनाबाट राप्ती नगरपालिकाका विभिन्न वडामा विद्युकिरण हुने बताए । नगरपालिकाका वडा १, ३, १०, ११, १२ र १३ मा विद्युतिकरणको काम सम्पन्न भएपछि पहाडी क्षेत्रका सर्वसाधारण पनि विद्युतको पहुँचमा पुग्ने उनको भनाइ छ । 
पुर्वी चितवनका नगरपालिका राप्ती, खैरहनी र कालिका नगरपालिका हरेक कोणले सम्भावना बोकेको नगर रहेको बताउँदै पाण्डेले अबको बजेट एककृत विकासमा केन्द्रित हुने बताए । यस्तै पर्यटन, बाटोघाटो, शिक्षा, स्वास्थ्य, खेल क्षेत्रमा पनि विशेषस प्राथमिकताका साथ काम भईरहेको उल्लेख गरेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस