मिनी ट्रक त्रिशुली नदि किनारमा खस्दा २ घाईते

सफल खबर संवाददाता

शुक्रबार, १० जेठ २०७६, ०७ : २७
मिनी ट्रक त्रिशुली नदि किनारमा खस्दा २ घाईते

फाईल फोटो

चितवन । भारतिय मिनि ट्रक गएराति त्रिशुली नदि किनारमा खस्दा २ जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विरगञ्ज हुँदै काठमाण्डौँ गईरहेको यु पि ३२ एल एन ३८७० नम्बरको भारतिय मिनि ट्रक भरतपुर महानगरपालिका २९ दासढुंगा नजिकैबाट त्रिशुली नदि किनारमा खसेको हो । 

सडकबाट करिब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अलि घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुमध्ये चालक हसनको अवस्था गम्भिर रहेको छ भने सहचालक सामान्य अवस्थामा रहेका छन । घाईतेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । 
आँप बोकेर काण्ठमाण्डौँका लागी हिँडेको मिनी ट्रक गए राति २ ः २० बजे अनियन्त्रीत भई दुर्घट्नामा परेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस