विप्लवको चेतावनी : तीर्थराज घिमिरे हत्याको बदला लिन्छौँ

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १४ : २९
विप्लवको चेतावनी : तीर्थराज घिमिरे हत्याको बदला लिन्छौँ

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको हत्याको बदला लिने चेतावनी दिएको छ । 
विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको बदला उचित समयमा जनताले लिने चेतावनी दिइएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ,  यस जघन्‍य हत्याको बदला जनताले लिने छन्।’

विज्ञप्तिमा हत्याको उचित छानविनको माग गर्दै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । विरोधका कार्यक्रमअन्तर्गत जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ ।

१२ गते देशव्‍यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस