निर्मला पन्तको आमा भेट्न पुगे रामचन्द्र पौडेल

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, १० : १९
निर्मला पन्तको आमा भेट्न पुगे रामचन्द्र पौडेल

कञ्चनपुर । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको आमालाई भेट्न पुगेका छन् ।

कञ्चनपुरस्थित निर्मला कै घरमा पुगेर उनले परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

पार्टीको जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका विभिन्न कार्यक्रममा सहभागि हुन कञ्चनपुर पुगेका पौडेलले निर्मलाकी आमा दुर्गादेवीलाई भेटेन पुगेका हुन् । उनले दुर्गादेवीलाई हत्यारालाई जुनसुकै हालतमा पनि पत्ता लगाउने आश्वासन दिएका छन् ।

उनले सरकारलाई हत्यारालाई जुनसुकै हालतमा पत्ता लगाउन आग्रह गरे । गत वर्ष साउन १० मा साथीको घरबाट हराएकी बालिका निर्मला पन्तको मृत शरीर भोलिपल्ट उखुबारीमा फेला परेको थियो । तर हाल सम्म पनि निर्मलामा हत्यारा सरकारले पत्ता लगाउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस