टिकौलीमा मोटरसाईकल दुर्घट्ना हुँदा ३ जना घाईते, २ को अवस्था गम्भिर

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, ०८ : ११
टिकौलीमा मोटरसाईकल दुर्घट्ना हुँदा ३ जना घाईते, २ को अवस्था गम्भिर

चितवन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलि जंगलमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ३ जना घाईते भएका छन । उनिहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
भरतपुरबाट टाँडी तर्फ गईरहेको ना २ प ३८५ नम्बरको मोटरसाईकल र टाँडीबाट भरतपुरतर्फ गइरहेको ना ६५ प ६०७९ नम्बरको मोटरसाइकल आज विहान ६ः१० बजेको समयमा एकआपसमा ठोक्कीदा मोटरसाईकलमा सवार उनिहरु घाईते भएका हुन । 
घाईते हुनेहरुमा ना २ प ३८५ नम्बरको मोटरसाईकल चालक पर्सा श्रीपुरका १९ वर्षीय राम जि साह र अर्को मोटरसाईकलका चालक रत्ननगर नगरपालिका ८ का २२ वर्षीय अजित चौधरी र पछाडी सवार रत्ननगर १ का २० वर्षीय सुरज चौधरी रहेका छन । उनिहरु मध्ये राम जी र अजितको अवस्था गम्भिर रहेको जनाईएको छ । 
राम जीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ भने अजित र सुरजको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
दुई मोटरसाईकल ठोक्किएर पल्टिदा टाँडीबाट भरतपुरतर्फ गइरहेको ना ८ ख १९९१ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । एक जनालाई ट्रकको चक्काले च्यापेको अवस्थामा उद्धार गरी अस्पताल लगीएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस