कांग्रेस सभापति देउवा उपचारका लागि सिंगापुरमा

पेट दुख्ने तथा अपज हुने समस्या

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, ०७ : ११
कांग्रेस सभापति देउवा उपचारका लागि सिंगापुरमा

काठमाडौं । प्रतिपक्षी काग्रेसको सरकारविरुद्ध खवरदारी गर्न र संगठन सुदृढीकरणका लागि भन्दै जागरण अभियान चलिरहेका वेला सभापति शेरवहादुर देउवा भने पत्नी डा. आरजुसँगै सिंगापुर प्रस्थान गरेका छन् ।

फ्लोअप स्वास्थ्य जाँचका लागि उनी त्यसतर्फ लागेको काग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले वताए ।

सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा देउवाको फलोअप उपचार हुनेछ । उनी ५ दिन सिंगापुरमा रहनेछन् ।

‘सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा आफनो पेटको समस्याको नियमति स्वास्थ्य जाँचका लागि उहाँ सिंगापुर जानुभएको हो,’ पौडेलले सफलखबरसँग भने,–‘६ महिना पहिला जानुपर्ने तर नभ्याएर जानुभएको थिएन, तर अहिले जानुभएको हो ।’

उनलाई पेट दुख्ने तथा अपज हुने समस्या देखिएको छ । उनले तीन वर्ष अगाडी पनि त्यही अस्पतालमा पेटको उपाचार गराएका थिए ।

एक एक बर्षमा नियमित चेकजाचमा जानुपर्ने भएपनि समय मिलाउन नसक्दा देउवा सिंगापुर गएका थिएनन । उनी १३ जेठमा मात्र फर्किने पनि पौडेलले वताए । 

प्रतिक्रिया दिनुहोस