मेयरले कर्मचारी कुटेपछि...

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, २१ : ३०
मेयरले कर्मचारी कुटेपछि...

इटहरी ।  इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीलाई कुटेका छन् । कर्मचारी कुटेपछि कर्मचारीहरु आन्दोलितत बेनका छन्। 
वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटेका थिए । मेयर आफैँले पनि मैले भ्रष्ट कर्मचारीलाई ठेगान लगाउन कुटेको बताएका छन् । 
आवञ्छित, अलोकतान्त्रिक र अपराधिक हर्कत भएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्ति निकालेर कर्मचारी भने आन्दोलित भएका छन्। ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद, कर्मचारी कुट्न पाईँदैन, अपराधी मेयर चाहिँदैन’ भन्दै कर्मचारीले आन्दोलन गरेका थिए। यसै क्रममा उनीहरुले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस