राष्ट्रपतिद्वारा राहदानीसम्बन्धी विधेयक प्रमाणीकरण गर्न अस्वीकार, प्रतिनिधिसभामै फिर्ता

रासस

बुधबार, ०८ जेठ २०७६, २१ : २१
राष्ट्रपतिद्वारा राहदानीसम्बन्धी विधेयक प्रमाणीकरण गर्न अस्वीकार, प्रतिनिधिसभामै फिर्ता

 

काठमाडौं । राष्ट्रपति कार्यालयले राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक  आज प्रतिनिधिसभामा फिर्ता पठाएको छ । 
विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाउनुभएको हो । सो विधेयक राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा आज राति जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस