गोन्द्राङ ढाट पक्ररण : उवासंघ रत्ननगरका अध्यक्ष रेग्मी पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, २० : २१
गोन्द्राङ ढाट पक्ररण : उवासंघ रत्ननगरका अध्यक्ष रेग्मी पक्राउ

भरतपुर । टिकौलीको सडक ढाटमा भएको आगजनी, तोडफोड पक्ररणका आरोपित उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई आज साँझ पक्राउ गरेको हो । यसअघि ढाट तोडफोडको आरोपमा पक्राउ परेकालाई धरौटीमा जिल्ला प्रशासन कार्यालय चितवनले छोडेको छ । जेठ ३ गते भएको ढाट आगजनीमा प्रहरी कल्पना पौडेल घाइते भएकी छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस