लाखौंको बार्गेनिङ गर्दागर्दै पाटे बाघको छालासहित २ जना पक्राउ, ३ जना भागे

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १९ : २७
लाखौंको बार्गेनिङ गर्दागर्दै पाटे बाघको छालासहित २ जना पक्राउ, ३ जना भागे

काठमाडौं । पाटे बाघको छालासहित  प्रहरीले २ जनालाई फुटुङ डाँडागाउँबाट पक्राउ गरेको छ । रसुवा घर भएका वर्ष २८ को होम बहादुर तामाङ र रसुवाकै वर्ष २८ को आइते तामाङलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई २४ लाख बाग्रेनिङ गर्दागर्दै पक्राउ गरिएको छ । विशेष सूचानाका आधारमा प्रहरीले नार्गाजुन जंगल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथमा ५ जना थिए । अन्य ३ जना भागेको प्रहारीले जनाएको छ । उनीहरुलाई बालाजु वृत्त ल्याई थप अनुसन्धान गरिरहेको बालाजु वृत्तका प्रहरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस