भरतपुरमा गलेको अवस्थामा एक व्यक्तिको शव फेला

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १४ : १७
भरतपुरमा गलेको अवस्थामा एक व्यक्तिको शव फेला

चितवन । भरतपुर महानगरपालिका– ५ तोरीखेतमा एक व्यक्तिको शव भेटिएको छ । 
तोरीखेत स्कुल पछाडी मकै बारीमा बुधबार विहान अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवको सनाखत हुन सकेको छैन् ।
 मृतकको अवस्था हेर्दा केही दिनअघि मृत्यु भएको र घामले शरीरको भाग डड्नुको साथै गलेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस