१५ किलो चरेससहित तीन जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १३ : ४४
१५ किलो चरेससहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट १५ किलो चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले चरेससहित तीन जनालाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका दिनेश कार्की, सुनिता तिमल्सिना र विश्वास थापा छन् । 

महानगरीय प्रहरी परिसरका प्रवक्त डीएसपी होबिन्द्र बोगटीका अनुसार तस्करले प्रयोग गर्ने गरेको २२० सीसीको मोटरसाइकल पनि प्रहरीले बरामद गरिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस