असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १२ : ५४
असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति

नवलपरासी । गएराति पूर्वीनवलपरासीमा असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । 
देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीका अनुसार  हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी असर देवचुली नगरपालिकामा परेको छ ।  दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएकोले विद्युत तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ । हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।
हुरीको असर देवचुली नगरपालिकाको  ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस