पाँचथर हत्याकाण्ड : प्रहरीको प्रारम्भिक निष्कर्षले बनायो चकित

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, २० : ४६
पाँचथर हत्याकाण्ड : प्रहरीको प्रारम्भिक निष्कर्षले बनायो चकित

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्याको विषयमा प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
ज्वाइँ र साढुभाइ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेपछि आरुबोटेका स्थानीय नै चकित भएका छन् । घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 
मानबहादुर धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । एक प्रहरीका अनुसार मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र उनी माइतमा बस्दै आएकी र सम्बन्ध विच्छेदको चर्चा चलिरहेको थियो । सन्बन्ध विच्छेद गराउन दबा दिएका कारण धनराज र बमबहादुरको परिवारको वंश नास गर्ने हिसाबले हत्या गरेको हुनसक्क्छ । 
आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले मुकुण्डो लगाएको व्यक्तिले खुकरी प्रहार गरी हत्या गरेको बताएकी छन् । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

प्रतिक्रिया दिनुहोस