नौ जनाको हत्या भएको स्थान नजिकै एक युवक झुण्डिएको अवस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, १२ : ३३
नौ जनाको हत्या भएको स्थान नजिकै एक युवक झुण्डिएको अवस्थामा फेला

काठमाडौं । पाँचथरमा नौ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही स्थानमा एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । 
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले गाउँपालिका–७, आरुबोटेमा हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको पुष्टि गरिन् । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन । 

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । 
थप विवरण आइसकेको छैन् । 

सम्बन्धित समाचारहरु

पाँचथर आरुबोटेमा ९ जनाको विभत्स हत्या

प्रतिक्रिया दिनुहोस