पाँचथर आरुबोटेमा ९ जनाको विभत्स हत्या

सफल खबर संवाददाता

मंगलबार, ०७ जेठ २०७६, ०८ : २३
पाँचथर आरुबोटेमा ९ जनाको विभत्स हत्या

पाँचथर । पाँचथरमा एउटै गाउमा ९ जनाको विभत्स हत्या भएको छ । मारिनेहरु सवै दुई परिवारका मात्र छन् ।जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा यो विभत्स हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले घटनाको पूर्ण जानकारी नआईसकेको वताएपनि २ परिवारका ९ जनाको हत्या भएको जानकारी आएको वताए । हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् ।  मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारी अनुसार मुकून्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।

विभत्स हत्या कसले, किन के कारणले गरेको हो भन्ने खुलिनसकेको उनले वताए ।  
‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी आएको छ । अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक पौडेलले  भने । 
 

प्रतिक्रिया दिनुहोस